May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

१ करोड ६१ लाख लिएर अध्यक्षसहित ३ जना फरार

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:0५
१ करोड ६१ लाख लिएर अध्यक्षसहित ३ जना फरार
  • राइजिङ अफ बचत तथा ऋण सहकारीका
  • २ जना पदाधिकारी पक्राउ
  • एक करोड ६१ लाख २० हजार रुपैयाँ ठगि
  • ४२ जना सदस्यले सहकारीका पदाधिकारीविरुद्ध दिए किटानी जाहेरी

काठमाडौं ।।

राइजिङ अफ बचत तथा ऋण सहकारी संस्थाका दुईजना पदाधिकारी पक्राउ परेका छन् । संस्थाबाट आफूहरुको एक करोड ६१ लाख २० हजार रुपैयाँ ठगिएको भन्दै ४२ जना सदस्यले सहकारीका पदाधिकारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि २ जना पदाधिकारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर खड्का र सचिव प्रियराज कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार सदस्यले दिएको उजुरीका आधारमा थप पाँच जना पदाधिकारी भने फरार रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा परेको कटानी जाहेरीका आधारमा हाल सहकारीका अध्यक्ष हेमन्त खड्का, कोषाध्यक्ष मैया राई, सदस्य निराजन अधिकारी, सुरेन्द्र शाही ठकुरी र मनोहर अधिकारी फरार छन् ।

सहकारीले सुरुमा आकर्षक ब्याजको प्रलोभनमा पारी रकम संकलन गरेको पीडितहरुको भनाई छ । दुःख, सुख गरी जम्मा गरेको रकम पटक पटक फिर्ताको माग गर्दा पनि सहकारीले रकम फिर्ता नगरेको र सञ्चालकसँग सम्पर्क गर्न खोज्दा संस्थाका पदाधिकारी सम्पर्कमै नआएपछि जाहेरि दिन बाध्य भएको पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ ।

प्रहरीले यो प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका बुझाएको काठमाडौं प्रहरीका एसपी सीताराम रिजाल बताएका छन् । हाल फरार रहेका पदाधिकारीको खोजीकार्य तिव्र पारिएको रिजालले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।