July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

“उहाँलाई पाउनु मेरो सौभाग्य हो” : उपेन्द्र यादव पत्नी

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:0४
“उहाँलाई पाउनु मेरो सौभाग्य हो” : उपेन्द्र यादव पत्नी

बारा । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए पनि उनको कम बाल्ने बानी भने खराब रहेको गुनासो गरेकी हुन् ।

यादवले भनिन्, ‘उहाँ बस्दा पनि केही सोचिराख्ने, लेखिराख्ने गर्नुहुन्छ । उहाँको नबोल्ने बानी मनपर्दैन । भोक लाग्यो भने खान पकाऊ भन्नुपर्छ, खान देऊ भन्नुपर्छ नि । तर, उहाँ आफै लिन जानुहुन्छ । कहिलेकाहीँ मेरो हातको पनि पानी खानुहोस् भन्ने लाग्छ । बाहिरबाट आउँदा मलाई पानी देऊ न भन्दा मेरो मन खुसी हुन्थ्यो । तर उहाँ भने खान पकाउन पनि आफै खोज्नुहुन्छ । अर्काको भरमा नबस्ने । आमाबुबा होस्, छोरा छोरी होस्, श्रीमती होस् कसैको आशमा नबस्ने ।’

उनले आफ्नो श्रीमानको तारिफ भने जति गरे पनि कम हुने बताइन् । ‘मैले यस्तो श्रीमान् पाएको छु, जति भने पनि कम हुन्छ । बाहिर केही चिज नखाने । उहाँलाई पाउने मेरो सौभाग्य हो । म शिक्षाविहीन छु । शिक्षा विहीन भए पनि उहाँ सधैँ मलाई डिग्री गरेको श्रीमती पाएकी छु भन्नुहुन्छ ।’
उनले आफ्नो पति प्रति गर्व रहेको बताइन् । बारामा हासिल गरेको जीत उपेन्द्र यादवको मेहनत र संघर्ष फल भएको पनि उनले बताइन् । ‘बारावासीलाई जति धन्यवाद दिए पनि कम हुन्छ,’ उनले भनिन् ।

उनले उपेन्द्र यादव नेपालको छोरो भएकाले ७५ जिल्ला नै उनको घर भएको पनि उल्लेख गरिन् । ‘उहाँ राष्ट्रिय अध्यक्ष हो । जहाँबाट पनि लडे पनि हुन्छ । छोरीको एउटा माइती र एउटा घर हुन्छ । छोराको सबै जिल्ला घर हो,’ उनले भनिन् ।

उनले २६ सालदेखि श्रीमती भन्दा पनि कार्यकर्ता बनेर अध्यक्ष यादवलाई साथ दिएको बताइन् । ‘मैले सधैँ साथ दिएको छु, भविष्यमा पनि दिने छु,’ उनले भनिन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्