सिंगापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा एक पुरुषलाई फाँसी दिइएको छ।
गाँजा तस्करी गरेको आरोपमा बुधबार त्यहाँका ४५ वर्षीय तंगाराजु सुपैयालाई फाँसी दिइएको हो।
सुपैयालाई फाँसी दिन लागिएकोमा राष्ट्रसंघ, सामाजिक अभियन्ता र परिवारले विरोध गर्दै आएका थिए।
कमजोर प्रमाणका आधारमा सुपैयालाई दोषी ठहर गर्दै उनलाई सीमित कानुनी सहायता उपलब्ध गराइएको सामाजिक अभियन्ताको आरोप छ।
उनीहरूले सिंगापुर प्रशासनले कानुनको पालना गरेको बताएका छन्।
प्रशासनले अदालतको निर्णयमाथि प्रश्न उठाउने कार्यकर्ताहरूको आलोचना गरेको छ।
सिंगापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ। सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। तर सामाजिक कार्यकर्ताहरूले यस प्रकारको मृत्युदण्डको विरोध गर्दै आएका छन्।