sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालेन स्वास्थ्य मन्त्रालयलाई मध्यनजर गर्दै

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १३:४२
बालेन स्वास्थ्य मन्त्रालयलाई मध्यनजर गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २७ चैतमा संघीय सरकारले असहयोग गरेको १७ बुँदा सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयबारे पनि एउटा बुँदा समावेश गरेका थिए ।

जसमा लेखिएको थियो, ‘सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन– दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।’
स्वास्थ्य मन्त्रालयको भवन नक्सामा तीन तलामात्र रहेकामा एकतला थपिएको भन्दै २०५४ सालमा सोसाइटी अफ नेप्लिज आर्किटेक्सको तर्फबाट मच्छेन्द्रलाल कायस्थले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र न्यायाधीश अरविन्दनाथ आचार्यको संयुक्त इजलासले ९ असार २०५७ मा मन्त्रालय भवनको थपिएको संरचना हटाएर भवनलाई पहिलाकै अवस्थामा राख्न आदेश दिएको थियो । मेयर साहले २३ वर्ष पुरानो फैसलाको विषय उठाएर उक्त तला फाल्न स्वास्थ्य मन्त्रालयले अटेरी गरेको उल्लेख गरेका हुन् ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धर नक्सा विपरीत बनेका संरचना हटाउन नसके नक्सा प्रमाणीकरण गर्नुपर्ने बताउँछन् । तर स्वास्थ्य मन्त्रालयले नक्सा विपरीतका संरचना फाल्ने वा नक्सापास कुनै पनि प्रक्रिया अघि बढाएको छैन ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid