April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

“विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्छ।” : प्रमिला कुमारी

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १५:४९
“विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्छ।” : प्रमिला कुमारी

काठमाडौं। राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘दिनानुदिन भ्रष्टाचार बढीरहेको अवस्थामा सरकारले आवश्यक आर्थिक रणनीति अपनाउनुको साथै विचौलिया, भ्रष्टाचारी, दलाललाई पृष्ठपोषण दिने संस्थालाई पनि भत्काउनु जरुरी छ। हाम्रो व्यापार घाटा बढिरहेको अवस्था, नेपालको वैदेशिक मुद्राको सञ्चिति तीव्र गतिले घटिरहेको हुँदा ऋण लिनुपर्दा अत्याधिक व्याज तिर्नुपर्ने अवस्था, उद्योग, धन्दा बन्द हुन लागेको अवस्थामा, श्रीलंकाजस्तो आर्थिक संकट नआउला भन्न नसकिने अवस्थामा हाम्रो गम्भिर ध्यान आकर्षण भएकाले यसलाई नेपाल सरकारले गम्भिरतापूर्वक लिनु अति आवश्यक छ ।’
उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धनलगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन् । उनले देशमा दिनानुदिन भ्रष्टाचार बढीरहेको भन्दै विचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी छ । न्युन बजेट विनियोजन भएकै कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन सकेको छैन । आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना तर्जुमा गर्न, सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायत विलासिता सम्बन्धि वस्तु आयातको परिणाममा कटौती गरी अल्पकालिन र मध्यकालिन, दीर्घकालिन नीति र योजना निर्माणगरी प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु ।’
उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन् । उनले न्युन बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको बताइन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट