May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १२:0७
‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

काठमाडौँ । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो ।

२४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो ।

मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सो क्षेत्रफलबाट साढे दुई लाख मेट्रिक टन बराबरअमिलो जातको फलफूल उत्पादन हुन्छ । सुन्तलालाई पनि अमिलो जात अन्तर्गत नै राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।