June 6, 2025 | शुक्रबार, जेष्ठ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीमाथि अभद्र व्यवहार भएको भन्दै पदम गिरीले गराए संसदमा ध्यानाकर्षण

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0५
ओलीमाथि अभद्र व्यवहार भएको भन्दै पदम गिरीले गराए संसदमा ध्यानाकर्षण

काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओलीमाथि अभद्र व्यवहार भएको कुरा सदनलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनीविरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएकोप्रति आपत्ति जनाएका छन् । कार्यक्रमस्थलमा ढुङ्गामुडा गर्ने, कार्यक्रम भाँड्ने कोशिस भएको बताउँदै त्यसमा सत्तापक्षकै कार्यकर्ता घुसपैठ गराइएको दावी समेत गरे ।

उनले भने– ‘अवान्छित गतिविधिहरु गर्ने, शान्ति भंग गर्ने खालका गतिविधि त्यहाँ भएका छन् । हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौँ । हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौँ । सुशासन र विकासको बाटोमा देश अघि बढोस् भन्ने हामी चाहन्छौँ र आम जनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहन्छौँ । हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमालेको नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुङ्गामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ ।’

उनले सो कार्यक्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम सत्ता पक्षको हो कि हैन भन्दै प्रश्न गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट