April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको काम अघि बढ्यो: प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १४:१0
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको काम अघि बढ्यो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको कार्य अघि बढेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सकेको र अब उच्चस्तरीय समिति गठन हुने जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएकाले अब एमालेसहितका दलहरुसँग आफूले गरेको सहमति अनुसार समिति गठन गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे ।

‘सुन तस्करीमा अनुसन्धान सकिएको छ । सीआईबीले आफ्नो प्रतिवेदन बुझाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सहमतिअनुसार अब उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढ्ने छ ।’

साउन २ गते विमानस्थल बाहिरबाट ६० किलो सुन समातिएपछि विपक्षी एमालेले उच्चस्तरी छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको थियो । एमालेसहित सात राजनीतिक दलबीच सिआइबीले प्रतिवेदन बुझाएपछि सुन काण्डको समग्र पक्षको अध्ययन गर्न छानबिन समिति बनाउने सहमति भएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।