October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बलात्कार कसुरमा सात वर्ष कैद

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १३:३४
बलात्कार कसुरमा सात वर्ष कैद

दैलेख । दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला मङ्गलबार भएको हो।

दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गोठाला गएकी २० वर्षीया युवतीलाई दुई वर्षअघि २०७७ फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले घटनाको
भोलिपल्ट फागुन १७ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। मध्यपहाडी राजमार्गको सडक निर्माणको काममा प्रयोग
हुने पानी लिन भनी कट्टी खोलामा ट्याङ्कर लिएर गएका बेला कसुरदार मोहन बुढाले बलात्कार गरेको भनी पीडित पक्षले उजुरीमा खुलाएको थियो।

प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी कार्यालयमार्फत चैत १२ गते बलात्कार कसुरमा अभियोग पेस गरेको र त्यही दिन भएको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि
लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो।

८६ मुद्दा फस्र्योट

जुम्ला समाचारदाताका अनुसार सुर्खेत जुम्ला उच्च अदालत इजलास जुम्लाले वर्षभरि सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा फैसला गरेको छ। अदालतद्वारा सार्वजनिक प्रतिवेदनमा जबरजस्ती
करणी र जबरजस्ती करणी उद्योगका ३२ मुद्दाको फैसला गरिएको छ।

सुर्खेत जुम्ला उच्च अदालत इजलास जुम्लाका वरिष्ठतम न्यायाधीश श्रीमणकुमार गौतमका अनुसार यस आर्थिक वर्षको हालसम्म ८६ वटा मुद्दा फस्र्योट गरिएका छन्। तीमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा फैसला भएका छन्।

यस वर्षका २३० मुद्दामध्ये ८६ फस्र्योट भएका छन्। त्यस्तै कर्तव्य ज्यानका २० वटा, लागूऔषधसम्बन्धी १३, ज्यान मार्ने उद्योग आठ, अपहरण तीन, बालविवाह र बहुविवाह तीन, पुरातत्व चोरीको एक,
हाडनाता करणी एक, जबरजस्ती बालविवाह एक, गर्भपतन र आपराधिक उपद्रो एकसहित ८६ मुद्दा फस्र्योट भएको बताइएको छ। वरिष्ठतम न्यायाधीश गौतमले यो वर्ष १८ महिना समय नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको जानकारी दिनुभयो।

युवती जेल चलान

मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिममा जबरजस्ती करणी मुद्दामा बयान फेर्ने पीडित भनिएकी युवतीलाई नै कारागार चलान गरिएको छ।

आफूमाथि बलात्कार भएको भन्दै मुद्दा दिएकी रमा (नाम परिवर्तित)ले मुद्दा होस्टाइल गरेपछि अदालतले उनीमाथि नै कैद फैसला गरेको हो। प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै रुकुम
अदालतले २०७५ असार २० गते पीडित भनिएकी रमालाई एक महिना कैद र एक हजार रुपियाँ जरिवानाको फैसला गरेको थियो। जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत
सुर्खेतले २०७५ फागुन ६ गते सदर गरेसँगै पीडित युवती फरार हुनुभएको थियो।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले फरार रमालाई चार वर्षपछि गत फागुन २४ गते पक्राउ गरेर अदालतमा बुझाएको थियो। प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले अदालतको
आदेशअनुसार नै पक्राउ गरेर कारागार चलान गरिएको बताउनुभयो।

प्रहरीको रेकर्डमा परिवर्तित नामथर वतन रुकुम (५४) राखिएकी ती युवतीले पहिला आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित प्रहरीमा उजुरी दिनुभएको थियो।
पछि अदालतमा बयान बदलेको प्रहरीको भनाइ छ।

रमाले फागुन २४ देखि २०८० वैशाख २३ सम्म कैद भुक्तान गर्ने बताइएको छ। अदालतको फैसलाअनुसार एक हजार रुपियाँ जरिबाना रकमसमेत अदालतमा बुझाइसकेको प्रहरीको भनाइ छ।
उहाँले रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाका एक पुरुषविरुद्ध जबरजस्ती करणी मुद्दा दिनुभएको थियो।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्