sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन : मेयर साम्पाङ

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:१३
सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन : मेयर साम्पाङ

धरान : पानीपिया स्थित धरान प्रवेश नाकामा राखिएको धरान क्षेत्रको सीमा सङ्केत बोर्ड हटाएकोमा धरान उपमहानगरपालिकाले कडा आपत्ति जनाएको छ । आज दिउँसो मेयर हर्क साम्पाङले पत्रकार सम्मेलनको आयोजना गरी कडा आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा मेयर साम्पाङद्वारा जारी वक्तव्यमा ‘सरकारले लगाएको अधिकारीक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन र हुनु हुँदैन, त्यसो भएको हुँदा कसुरवार पक्षलाई कानुनी कारबाहीको माग गर्दछु’ भनिएको छ ।

उखेलेर लगिएको धरानको सिमाना उल्लेख भएको बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाई दिन सम्बन्धित पालिका (इटहरी उपमहानगरपालिका) र सम्बन्धित निकायहरूमा माग गर्दछु वक्तव्यमा भनिएको छ ।

‘सङ्घीय नापी विभागबाट जारी गरिएको धरान उपमहानगरपालिकाको आधिकारिक साँध सिमाना खोज्नु र आफ्नो क्षेत्राधिकार यकिन गर्नु हाम्रो कर्तव्य भएको’ वक्तव्यमा उल्लेख छ ।

‘वैशाख १० गते नगर प्रहरी र प्राविधिक टोलीलाई खटाएर धरानको दक्षिण पानीपिया सिमानामा सीमा प्रारम्भ बोर्ड लगाएको केही घण्टा पछि युवा सङ्घ इटहरीले झन्डा सहित आएर हामीले लगाएको उक्त बोर्ड उखेलेर लगेको घट्नाप्रति सम्पूर्ण न्याय प्रेमी र विधिको शासन पक्षदारहरूको ध्यानाकर्षण गराउन चाहन्छु’ वक्तव्यमा भनिएको छ ।

पत्रकारहरूको प्रश्नको जवाफमा उनले ‘जङ्गल सबै हाम्रो पर्छ, हाम्रो सिमाना खोज्नै नपाउने ?’ प्रश्न गर्दै भने ‘समन्वय समन्वय गर्नु भनिन्छ को सँग के समन्वय गर्ने ?’ इटहरी चौकमा गएर हाम्रो सीमा भन्दै गाडेका छैनौ, आफ्नो सिमाना भित्र गतिविधि गर्दा को सँग समन्वय गर्ने ? भनी मेयर साम्पाङले पत्रकारहरू सँगै प्रश्न गरे ।

मेयर साम्पाङले तर्क तथ्य सङ्गत हुनुपर्ने, नेपाल सरकारको नापी विभागले जारी गरेको सिमानाको बोर्ड हटाउनेलाई कारबाही गर्नुपर्ने माग गर्दै भने ‘एक सुता पनि सिमाना मिचिएको रहेछ भने म आफै उखेल्ने छु ।’ राती राती झन्डा बोकेर आएर साँध सिमाना उखेल्नु उद्दण्डता बाहेक केही नभएको उनले बताए ।

उपमेयर आइन्द्रबिक्रम बेघाले नापी विभागले जारी गरेको नक्सा अनुसार पानीपिया, पंचायन क्षेत्र, अमाहि सिमसार, राशताल क्षेत्र सबै धरानको सीमा क्षेत्र भित्र पर्ने बताए । अहिले उपभोग कसले गरेको छ भन्ने प्रश्न भन्दा पनि नक्सा अनुसार ‘हाम्रो सिमाना यो हो भन्न पाइन्छ’ भनी उनले बताए ।

उनले मानिस उचालेर नाराबाजी गर्दै सिमाना जस्तो संवेदनशील विषयलाई अराजक विषय बनाउने काम गर्नु राम्रो नभएको उल्लेख गर्दै भएको नक्साको आधारमा सिमानालाई स्वीकार गर्नु बाहेक अरू विकल्प नभएको बताए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid