May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

५ करोडको कुराले सांसदहरुको अपमान भयो : पूर्वअर्थमन्त्री पौडेल

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १३:१९
५ करोडको कुराले सांसदहरुको अपमान भयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू अर्थमन्त्री भएको बेला सांसद विकास कोषलाई खारेज गरेको सम्झिाए ।

तर अहिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा त्यसलाई ब्यूँताएका अर्थमन्त्री प्रत्येक निर्वाचन क्षेत्रका साथै समग्र देशको सन्तुलित विकासका लागि समन्यायिक मापदण्डका आधारमा बजेट विनियोजन गर्ने दायित्वबाट चुकेको बताए ।

सांसदहरुले निर्वाचन क्षेत्रसहित समग्र देशको विकास प्रयासमा निर्णाधिकार खोजेको यथार्थलाई अर्थमन्त्रीले वेवास्ता गरेको भन्दै उनले भने, अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नुभएको छ ।’ अर्थमन्त्रीले ‘मैले त चाहँदैनथे, बाध्य भएँ’ भन्ने सार्वननिक अभिव्यक्ति लिएर सांसदहरुको अपमान गरेको उनले बताए ।

उनले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका निमित्त निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।