June 21, 2025 | शनिबार, असार ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:११
हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो ।

कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीमा गुणस्तरीयता कायम हुनुपर्ने बताए । “कोसली घरले बिक्री गर्ने सामग्रीमा गुणस्तरको प्रत्याभूति हुनुपर्छ । अनि मात्रै हामीले ‘मेड इन ललितपुर’ भन्ने ट्याग लगाउनु उपयुक्त हुन्छ । गुणस्तर कायम गर्नेमा हामीले कुनै पनि सम्झौता गर्ने काम नगरौँ”, नगरप्रमुख महर्जनले भने, “अहिले ललितपुरमा आउने पर्यटकले बिताउने समय ज्यादै न्यून छ । उनीहरुको बसाइ लम्ब्याउन हामीले धेरै कामहरु गर्दै आइरहेका छौँ । अबदेखि ललितपुरमा प्रवेश गर्ने पर्यटकलाई यल कोसेली घरमा एक पटक प्रवेश गर्ने व्यवस्था मिलाउने छौँ ।”

उपप्रमुख मञ्जली शाक्यले यल कोसेली घर हस्तकला सामग्री बिक्रीका लागि मात्रै नभएर व्यवयासी, हस्तकला उद्योगको प्रवर्द्धन र विकासका लागिसमेत सञ्चालनमा ल्याइएको बताए । ललितपुर हस्तकला सङ्घका अध्यक्ष रमेश सिंहले यल कोसेली घरमा बिक्री गरिने सामानको रेखदेख र गुणस्तर जाँचको जिम्मेवारी सङ्घले गर्ने बताउँदै गुणस्तरमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने उपहार तथा मायाको चिनोका लागि यल कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीहरु प्रयोग गर्न आग्रह गरे । ललितपुर महनगरपालिकाले हरेक शुक्रबार र शनिबार महानगरपालिका परिसरमा स्थानीय हस्तकला सामग्रीहरुको बिक्री बढाउन मेला सञ्चालन गर्दै आइरहेको छ । रासस

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट