April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

एमाले सांसद कोइरीको पद किन खारेज भएन ?

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:५७
एमाले सांसद कोइरीको पद किन खारेज भएन ?

काठमाडौँ । मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न उठाइन् । उनले नेपालको संविधान २०७२ को धारा ८९ (घ) मा कुनै पनि सांसद १० वटाभन्दा बढी बैठकमा बिना जानकारी उपस्थित नभएमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको लक्ष्मी महतो कोइरीले सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन वा जानकारी नगराई ? यदि जानकारी नगराई बैठकमा नआएको भए कोइरीलाई अहिलेसम्म किन कारबाही गरिएन ? भन्दै सभामुखसँग जानकारी मागेकी थिइन् । तर सभामा सभामुखले सदनमा यसबारे जानकारी गराएनन् ।

सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो र कांग्रेस सांसद टेकबहादुर गुरुङले सूचना गराइरहेको बताएका थिए ।

संविधानको धारा ८९ को (घ) मा सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद जाने व्यवस्था रहेको छ । सांसदले बैठकमा उपस्थित नहुने हो भने सभामुखलाई पूर्व सूचना दिनुपर्ने हुन्छ । संसद्मा कुन कुन सांसदले बिना सूचना कति पटक संसद् बैठकमा उपस्थित भएनन् र सूचना दिएर को कतिपटक उपस्थित भएनन् भनेर संसद् अधिवेशनको अन्तिम बैठकमा एकमुष्ट जानकारी गराउने प्रचलन रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

गत पुस ७ गते नवनिर्वाचित सांसदहरूको शपथको क्रममा लक्ष्मी महतो कोइरीले संसद् भवनमा पुगेर शपथ लिएका थिए भने दोस्रो पटक माघ २७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र सभामुखको निर्वाचनको दिन पनि उनी संसद् भवनमा पुगेका थिए । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा उनी पक्राउ नपर्नुको कारण तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग मागेपछि उनी फरार रहँदै आएका छन् ।

उनी महोत्तरी क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका थिए । महतोमाथि ७ वर्षअघि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका सई थमन विकको हत्या अभियोग लागेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।