May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

एमालेले एकल बहुमत नल्याए देश विकास हुनै सक्दैन : ओली

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:२५
एमालेले एकल बहुमत नल्याए देश विकास हुनै सक्दैन : ओली
  • सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप
  • एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर
  • आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन् । पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर गरे ।

“अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको । त्यसकारण अहिले पनि साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ,” उनले भने, “एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने र त्यस आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने ।”

ओलीले पहिचानवादी पक्षधरको आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने बताए । जनताका बीचमा फाटो ल्याउन नहुने उनको भनाइ छ । “भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन । देश बनाउनका लागि बलियो राष्ट्रिय एकता, समझदारी चाहिन्छ,” उनले भने, “जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउने हो ।”

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।