sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति, उठ्यो ६५ करोड रोयल्टी

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४४
४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति, उठ्यो ६५ करोड रोयल्टी

काठमाडौं : सरकारले हिमाल आरोहणबाट हालसम्म ७३ करोड ५४ लाख ६० हजार ९ सय ३ रुपैयाँ जम्मा गरेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाका अनुसार बुधबार अपरान्हसम्म यो रोयल्टी जम्मा भएको हो।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ। अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो। निर्देशक खतिवडाका अनुसार अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्नेछ।

सगरमाथाको वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिलाले अनुमति लिइसकेका छन्। यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन्। दोस्रोमा अमेरिकी छन्। ८७ जना अमेरिकीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।

एक पटक जारी भएको आरोहण अनुमति ७५ दिनसम्म कायम रहन्छ। अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधार शिविर पुगिसकेको खतिवडाले बताए। आरोहीका चापका कारण सोलुखुम्बुको नाम्चेमा होटल भरिभराउ रहेको होटल सञ्चालक छिमिकाल्देन शेर्पाले जानकारी दिए।

यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड ३ लाख ६७ हजार २ सय १९ रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ। रोयल्टी पनि ७० वर्षे इतिहासकै सबैभन्दा बढी भएको निर्देशक खतिवडाले जानकारी दिए।

६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन्। यीमध्ये ८ सय ७ पुरुष र २ सय ३९ महिला छन्।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid