काठमाडौँ । मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ ।
यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले बिहीवार सामाजिक सञ्जाल फेसबुकमा एक गजल पोस्ट गरेकी छिन् । जसमा भ्रष्टाचारीहरूको मूल जरो त सरकारमा भेटिएको अभिव्यक्ति समेटिएको छ ।
साथै, वर्तमान नेताहरुले देश कति बनाए भन्ने कुरा व्यवहारमा भेटिएको पनि सार पस्किएकी छिन् ।