May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

संसद अवरुद्धको अपजस सरकारले लिनुपर्छः काँग्रेस सचेतक थिङ

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १६:४२
संसद अवरुद्धको अपजस सरकारले लिनुपर्छः काँग्रेस सचेतक थिङ

काठमाडौं । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताउनु भएको छ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली काँग्रेसले एक महिना अघिदेखि संसदीय छानविन समिति गठनको माग गरेपनि सरकारले बेवास्ता गरेको बताएकी छिन ।

उनले आफुहरुको कुरा सुनुवाई नभएका कारण संसद अवरुद्ध गर्न बाध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने जिकिर गरिन । सचेतक थिङले संसदीय छानविन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्नु काँग्रेसको गल्ती भयो ? भनि प्रश्न समेत गरेकी छिन ।

उनले नेपाली काँग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानविनका लागि संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद सुचारु भएपछि जहिले छलफल गरेपनि हुने बताइन ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट