April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० ११:२३
रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् ।

साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित राखेर लेखेका छन्, ‘माननीय डिपी अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नुपर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ ।’

उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘पालेज्यूले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नुभो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपी अर्याललाई फोन गरेँ -फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । साइकलले गर्नु गर्यो !’

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट