April 17, 2024 | बुधबार, बैशाख ५, २०८१
सुचनाहरु
एसीसी प्रिमियर कप : नेपाल समुह विजेता बन्यो नेप्सेमा दोहोरो अंकको गिरावट पतञ्जलिको विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो राजनीतिबाट मुक्त नगरेसम्म शिक्षामा विकास हुँदैनः मन्त्री सुमना श्रेष्ठ निगमद्वारा चैत मसान्तसम्म जहाजको ऋण ५ अर्व ३६ करोड भुक्तानी महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित राष्ट्रियसभा अध्यक्ष दाहालसँग कोरियाको संसदीय टोलीको शिष्टाचार भेट काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै नेपाल प्रहरीका दुई जना डिआइजी एआइजीमा बढुवा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो सुनको भाउमा नयाँ रेकर्ड : ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पाकिस्तानमा वर्षा र चट्याङले कम्तीमा ४१ जनाको मृत्यु सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ चौधरी समूहको वाइवाइले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो

शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १५:0४
शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ (अर्को बुधबार) आदेश गर्ने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।

शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो । टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

‘त्यो दिन चिया समयअघि तपाईंहरुले बहस सकिदिनुहोस्’ दुवै पक्षलाई उनले भने, ‘चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला । त्यही दिन बेलुकासम्म आदेश दिनेछु ।’ अहिले सरकारी वकिलहरुले आरोपको पक्षमा बहस शुरु गरेका छन् ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट