July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चीनका युवालाई गाउँ पठाउने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० ११:३५
चीनका युवालाई गाउँ पठाउने

बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो ।

ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ । चिनियाँ नेता माओत्सेतुङ्ले पनि शहरका लाखौं युवालाई ग्रामिण इलाकामा पठाएका थिए ।
ग्वाङ्झाओ प्रान्तमा १६ देखि २४ वर्ष उमेर समूहका जनसंख्यामा बेरोजगार दर १९ दशमलव ६ प्रतिशत पुगेको छ । यस तथ्यांक अनुसार करिब १ करोड १० लाख युवा बेरोजगार छन् । बेरोजगार युवाहरूको संख्या अझै बढेर १ करोड ६० लाख पुग्ने अनुमान छ ।

‘कोरोना कालपछि धेरै शिक्षित युवा बेरोजगार छन् । शहरी इलाकामा शिक्षित युवाहरूलाई रोजगारको प्रबन्ध मिलाउनु चिनियाँ कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो टाउको दुःखाइको विषय बनेको छ,’ अनुसन्धानकर्ता एलेक्स क्याप्री भन्छन् ।

ती युवाहरूलाई ग्रामिण इलाकामा पुर्याउंदा त्यहाँको अर्थतन्त्र पनि पुनरूत्थान हुने र गरिबी निवारणमा सहयोग पुग्ने उनले बताए । युवाहरू नै बेरोजगार हुँदा चीनको अर्थतन्त्र विकास नै सुस्त भएको उनले बताए । चीनको कडा कोभिड नीतिका ८० प्रतिशत रोजगारी धानेको निजी क्षेत्र तहसनहस भएको थियो ।

चीनका युवाहरू दशकयताकै शिक्षित युवामा गनिन्छन् । अर्थतन्त्रको गति धीमा हुँदा शिक्षित युवाहरूलाई समेत रोजगारीका लागि अप्ठेरो परेको छ । शिक्षित युवाहरूलाई समेत रोजगारी सुनिश्चित नहुँदा युवा पुस्ताहरू उच्च शिक्षामा आकर्षित हुन छोडेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्