May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

कारागारबाट फरार युवा २५ दिनपछि पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० ११:४१
कारागारबाट फरार युवा २५ दिनपछि पक्राउ

जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् ।

महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन्।

उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी भएपछि चैत २४ गते उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोजप्रसाद गुप्ताको क्लिनिकमा उपचारको लागि ल्याइएको थियो । शौचालयमा पिसाब गर्न पसेपछि भेन्टिलेसन फोडेर फरार भएका थिए ।
पक्राउ परेका यादवमाथि थुनुवा बन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादवमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्रसमेतको मुद्दामा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।