काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।
रास्वपा सभापति लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार उपचारको क्रममै थापाको मृत्यु भएको हो ।
सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले पनि चालक थापाको मृत्यु भएको पुष्टि गरे । “हामीले बचाउन अनेक प्रयत्न गरेको हो सकेनौँ,” बोहोराले भने ।
उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दिउँसो करिब साढे १ बजे उनको मृत्यु भएको बताइएको छ ।
उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । वैशाख ४ गते उनी छतबाट खसेर घाइते भएका थिए । भरतपुरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई ललितपुर ल्याइएको थियो ।
उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।