April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दुर्गा प्रसाईंको घोषणाले आज पनि तीनकुनेमा बाक्लै प्रहरी परिचालन

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:४८
दुर्गा प्रसाईंको घोषणाले आज पनि तीनकुनेमा बाक्लै प्रहरी परिचालन
  • तीनकुने क्षेत्रमा आज पनि बाक्लो संख्यामा प्रहरी परिचालन
  • प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि…
  • आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई शुक्रबार घरबाहिर निस्कन दिईएन 

काठमाडौं ।।

तीनकुने क्षेत्रमा आज पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। जसका कारण आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी रहेका छन्।

बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो। दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आउन लागेकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथ पक्राउ गरेको थियो।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन दिइएको थिएन। उनको घर रहेको ठाउँमा दिनभर प्रहरीले निगरानी गरेको थियो। शुक्रबार तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नलिएको भन्दै राजावादी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जसले गर्दा आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले शुक्रबार दिनभरमा गैरकानुनी हर्कत गर्न खोज्ने तथा अनुमतिबिना नाराजुलुस गर्न खोज्ने २ सय ६६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। आज शनिबार पनि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन। आवातजावत गर्नेहरुमाथि प्रहरीले टाढैबाट निगरानी बढाएको छ।

कानुनको परिधिभित्र बसेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने भएपछि सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा भेला हुन र प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने प्रशासनको भनाई छ।

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।