April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अध्यक्षको कार्यकक्षमा तालाबन्दी

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:३0
अध्यक्षको कार्यकक्षमा तालाबन्दी

उर्लाबारी । कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो।

हाल प्रमुख प्रशासकीय भवन रहेको कानेपोखरी–६ का वडाध्यक्षलगायत सबै जनप्रतिनिधि र अरू २५० जना एमालेका सक्रिय सदस्यले सोमबार पार्टीबाट सामूहिक राजीनामा दिनुभएको थियो। प्रशासनिक भवन यथास्थानमा राख्न दबाब दिने उद्देश्यसहित उहाँहरूले राजीनामा दिनुभएको थियो। मङ्गलबार नै वडा नं.–६ को वडा कार्यालयमा समेत सोही समूहले ताला लगाएको छ।

प्रशासनिक भवन सार्ने र यथास्थानमा राख्ने विषयमा विवाद भएपछि मतदानबाट निर्णय गरिएको थियो। गाउँ सभाको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गर्नुभएको थियो भने सात जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गर्नुभएको थियो। चार जनाको मत बदर भएको थियो।

गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँ सभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पालिकाको केन्द्र स्थापनाका लागि भन्दै दुई करोड पाँच लाख रुपियाँमा वडा नम्बर ५ को भौंसाबारीमा एक बिघा जग्गा खरिद गरेको थियो। त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो। गाउँ सभाबाट सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।