July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

विचाराधीन सञ्चारसम्बन्धि विधेयकबारे छलफल गर्न प्रतिबद्ध छुः सभामुख

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:0४
विचाराधीन सञ्चारसम्बन्धि विधेयकबारे छलफल गर्न प्रतिबद्ध छुः सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विचाराधिन सञ्चारसँग सम्बन्धित विधेयकका सम्बन्धमा प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर संघ, संस्था र सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै उनले विधेयकलाई प्रभावकारी बनाउन र प्रेसमैत्री कानुन निर्माण गर्न छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘नेपाली प्रेसलाई अझै व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनका लागि संसद्मा सञ्चारसँग सम्बन्धित विधेयक विचाराधिन अवस्थामा छन्, तिनलाई प्रभावकारी बनाउन, प्रेसमैत्री कानुन निर्माण गर्न संसद्ले प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर सङ्घ संस्था र सरोकारवाला पक्षहरूसँग छलफल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’,सभामुख घिमिरेले भने।

प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र आमसञ्चार माध्यमका लागि मात्र नभइ आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै उनले लोकतन्त्रमा प्रेसमाथि कुनै पनि बन्देज स्वीकार्य नहुने र प्रेस स्वतन्त्रतालाई अभिव्यक्तिगत स्वतन्त्रताको अंशकारूपमा लिनुपर्नेमा जोड दिए।

नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको भूमिका बिर्सनै नसकिने चर्चा गर्दै सभामुख घिमिरेले राज्यका तीनवटै अङ्गलाई समेत खबरदारी गर्ने भएकाले लोकतान्त्रिक मुलुकले प्रेसलाई चौँथो अङ्गको रूपमा स्वीकार गर्दै आएको प्रस्ट पारेका छ।

नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रूपमा नै सुनिश्चित गरिएकाले नेपालको संविधान २०७२ को भाग ३ मा प्रेस तथा सञ्चारसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ भने धारा १७ मा स्वतन्त्रताको हकअन्तर्गत प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ।

धारा १९ मा सञ्चारको हकसम्बन्धी छुट्टै व्यवस्था छ। प्रेस स्वतन्त्रतालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन र नियमावलीसमेत कार्यान्वयनमा आएको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट