sweet bonanza
January 31, 2026 | शनिबार, माघ १९, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

बहालवाला सचिवमाथि नै गम्भीर फौजदारी अभियोग

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २१:२१
बहालवाला सचिवमाथि नै गम्भीर फौजदारी अभियोग

काठमाडौं । गृहमन्त्रालयमा पेश भएको भुटानी शरणार्थीको नामावलीमा नेपाली नागरिकको नाम राखेर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे ।

फौजदारी अभियोगमा पक्राउ परेसँग उनी बुधबारदेखि नै निलम्बनमा परेका छन् । प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बुधबार सचिव पाण्डे आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका थिए । त्यसपछि प्रहरीले उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो ।

भ्रष्टाचार बाहेकको फौजदारी अभियोगमा नेपाल सरकारको बहालवाला सचिव पक्राउ परेको यो सम्भवतः पहिलो घटना हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाइदिने आश्वासन दिएर गृहमन्त्रालयमा पेश भएको प्रतिवेदनमा नाम थप्न संलग्न रहेको आरोप पूर्व गृहसचिव समेत रहेका पाण्डेमाथि छ ।

झापा, मोरङ, सुनसरी, दाङ, गोरखा लगायतका जिल्लामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा गत १२ चैतमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा मंगलबार तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए भने पाण्डे बुधबार पक्राउ परे । ‘पक्राउ परेकाहरुले बयानका क्रममा गृह प्रशासन र राजनीतिक नेतृत्वलाई पनि मिलाउनुपर्ने भन्दै रकम लिएको खुलाएका छन्’, एक प्रहरी अधिकृत भन्छन्, ‘उहाँ (सचिव पाण्डे) स्वंयंले गिरोहको सदस्यबाट पैसा लिएको खुलेको छ ।’

यो प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र तत्कालिन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

पूर्वगृहसचिव जयमुकुन्द खनाल गृह मन्त्रालयभित्र रहने अति गोप्य र संवेदनशील कागजात तोडमोड भएको घटना सार्वजनिक भएकामा आफू आश्चर्यचकित भएको बताउँछन् । उनका अनुसार, केही वर्ष अघिसम्म गोप्य कागजातहरु लकरमा राखिन्थ्यो, अझै संवेदनशील कागजात त दुईवटा फरक पसाँचोले मात्रै खुल्ने बनाइन्थ्यो ।

‘दुई फरक व्यक्तिको संलग्नता र मुचुल्का नबनाई त्यस्तो लकर खोल्ने सम्भावनै रहदैनथ्यो’, उनी भन्छन्, ‘त्यस्तो कागजातलाई लिएर प्रश्न उठ्दा आश्चर्य लागेको छ ।’ भविष्यमा अनुसन्धानको नतिजा जस्तो आएपनि बहालवाला सचिव फौजदारी अभियोगमा पक्राउ गर्दा समग्र कर्मचारीहरुको साख गिरेको उनको टिप्पणी छ ।

शिक्षा सेवाबाट सरकारी सेवा सुरु गरेका पाण्डे शिक्षा मन्त्रालयमा सहसचिव हुँदासम्म पनि विवादमा परेका थिएनन् । सचिव भएपछि उनी विभिन्न मन्त्रालय हुँदै भूमि व्यवस्था तथा सहकारी र गरिवी निवारण मन्त्रालयमा सरुवा भए । त्यहाँ जग्गाको हदबन्दीसम्बन्धी केही विवादास्पद निर्णयहरुमा संलग्न भएको घटना सार्वजनिक भएको थियो । बहालवाला एक सचिव भन्छन्, ‘त्यो निर्णयबाट उत्साहित समूहले नै उनलाई गृहमन्त्रालयमा लैजान जोडबल गरेको थियो, पछि सफल पनि भयो ।’

कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बन्नुअघि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । तर खाँणको जोडबलमा उनलाई गृहमा ल्याइएको थियो ।

गृहसचिव भए पनि पाण्डेसँग स्थानीय प्रशासन र गृहमामिलाको कुनै अनुभव थिएन । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको मुखमा गृहप्रशासनको कमाण्ड र सुरक्षा संवेदनशीलता सम्हाल्न नसक्ने अवस्था भएपछि पाण्डेको सरुवा भएको हो ।

राजनीतिक पहुँचका आधारमा गृहप्रशासनको नेतृत्वमा पुगेका उनीमाथि त्यहाँभित्र रहने गोप्य र संवेदनशील कागजातको पहुँच दुरुपयोग गरेको आरोप छ ।

भुटानी शरणार्थी बनाएर विदेश पठाउन नेपाली नागरिकसँग रकम लिएका आधारमा ठगी र संगठित अपराध मुद्दामा मात्रै छानबिनमा परेका उनी त्यो आरोपमा अनुसन्धान अघि बढ्नासाथ सम्पत्ति शुद्धिकरणको अभियोगमा समेत तानिने निश्चितजस्तै छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी कुनैपनि कसुरजन्य क्रियाकलापबाट धन आर्जन गरेको भेटिए सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढ्ने बताउँछन् । उनी भन्छन्, ‘ठगीको आरोप लागेको छ र त्यसबापत आरोपितमाथि अरुबाट चल÷अचल सम्पत्ति जोडेको अभियोग छ भने स्वतः सम्पत्ति शुद्धिकरणको विषयमा समेत अनुसन्धान चल्छ ।’

पूर्व मुख्यसचिव विमल कोइराला बहालवाला सचिव ठगीजस्तो गम्भीर आरोपमा पक्राउ हुनुलाई कर्मचारीतन्त्रमाथि ज्यादा राजनीतिकरणको उपज भनी टिप्पणी गर्छन् । ‘यो कर्मचारीतन्त्रमाथि ज्यादा राजनीतिकरण भएपछि उसको प्रशासनिक चरित्र हराउदै गएको संकेत देखिएको हो’, उनी भन्छन्, ‘कर्मचारीहरुमा प्रशासनिक चरित्र हराउदै गएर बढी नै राजानीतिकरण भएपछि यस्तै परिणाम देखिने हो ।’

पूर्व मुख्यसचिव कोइराला राजनीतिक र प्रशासनिक दायराको ख्याल गर्नुपर्नेहरुले एक अर्काको सीमा मिच्दा दुवै क्षेत्रमा विसंगति फैलिने बताउँछन् । ‘राजनीतिज्ञले पनि प्रशासनमाथि हस्तक्षेप बढाएको छ । प्रशासकहरुले पनि राजनीतिक पहुँचका आधारमा आफूले गर्नुपर्ने र गर्न नहुने कामको मर्यादा भुले’, उनी भन्छन्, ‘त्यसले भित्र्याएको विकृति बढ्दै गएर अहिलेको परिणाम देखिएको हो ।’

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २१:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid