May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

बाजेको कुटाइबाट भाईको मृत्यु, दाजु घाइते

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १४:३४
बाजेको कुटाइबाट भाईको मृत्यु, दाजु घाइते
  • बाजेको कुटाइबाट नातिको मृत्यु
  • २ वर्षीय रेशमको मृत्यु
  • दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते

 बैतडी ।।

बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका- ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति २ वर्षीय रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जानकारी दिए । कुटपिटबाट घाइते भएका उनका दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते छन् ।

उनको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पुर्चौडी नगरपालिका-६ का वडाध्यक्ष नरेन्द्र साउदले नातिलाई कुटपिट गर्ने साउदको मानसिक अवस्था केही समयदेखि ठिक नभएको बताए ।

उनकाअनुसार केही दिनअघि गणेशले छोरा दीपकमाथि समेत कुटपिट गरेका थिए । कुुटपिटबाट टाउकोमा चोट लागेका दीपक उपचारका लागि धनगढी पुगेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट