May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० 0९:५३
स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् ।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।

गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० 0९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।