April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

छ लेन सडकको रेलिङ चोरी

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० ११:४९
छ लेन सडकको रेलिङ चोरी

धनगढी । कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ ।

भन्सारदेखि चटकपुर चौराहा क्षेत्रमा रेलिङहरू चोरी भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । सुरक्षाका लागि लगाइएको रेलिङ चोरी हुन थालेपछि सो कार्यालयले चिन्ता व्यक्त गरेको छ ।

रेलिङ चोरी भइरहेको देखेमा धनगढी उपमहानगरपालिकाको कार्यालयलाई जानकारी गराएर सहयोग गर्न नगर प्रमुख गोपाल हमालले आग्रह गर्नु भएको छ । घर, पसल अगाडिबाटै पनि रेलिङहरू चोरी भएका छन् । ६-७ स्थानबाट रेलिङ निकालेर लगिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।

महानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका मिडियामा रोपेको बोटबिरुवासमेत चोरी भइरहेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा चोरी गर्न थालेपछि त्यस्ता कार्य गर्नेहरूको आलोचना भइरहेको छ । यसै गरी, छ लेन सडकको रेलिङ र बोटबिरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सिसी टिभी क्यामेरा जडान गर्न नगरवासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।