May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

देशप्रति गम्भीर नभएकोले कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन : ओली

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:३७
देशप्रति गम्भीर नभएकोले कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन : ओली
  • यो सरकार रहनु देशका लागि दुर्भाग्य
  • सरकार अपराधीको संरक्षकको रुपमा देखियो 
  • देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’

सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’ प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट