April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

माधव नेपाल : सरकारमा रविलाई ल्याउँदा राम्रो हुन्छ

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:0२
माधव नेपाल : सरकारमा रविलाई ल्याउँदा राम्रो हुन्छ

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव आफूले दिएको सुनाए । “हामीले त ल्याउनुपर्छ भनेका छौँ । शेरबहादुरजी र प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु,” उनले भने । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा पनि त्यसबारे कुराकानी भएको उनले बताए । चुनाव पहिले पनि ल्याउने कुरा भएको थियो । भए पनि लागु हुन नसकेको बताउँदै अब ल्याउनेबारे छलफल हुने उनको भनाइ छ ।

उनले रास्वपाका सभापति रवि लामिछानेलाई नेकपा (एमाले) ले प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयमा उनले हल्लाहरू भइरहने बताए ।“प्रधानमन्त्रीको अफर भयो । के भए भएनन् । यस्ता कुरा भइरहन्छन् । हल्ला–हल्ला हुन्छन् । मलाई कसैले भनेको छैन्” उनले भने ।लामिछानेको नागरिकता र पासपोर्टको मुद्दा रहेकाले गृहमन्त्रालयको जिम्मा दिन मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने, “पदको दुरुपयोगका काम गर्न पाइदैन । उहाँसँग जोडिएका विषयमा सिधै मेरो मुख नखोलाउँदा राम्रो हुन्छ ।”

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट