May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

पक्राउको माग गर्दै,राजमार्ग बन्द

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:३९
पक्राउको माग गर्दै,राजमार्ग बन्द

चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् ।

उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।
कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै कांग्रेस चितवन पनि आन्दोलनमा छ ।

कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व पश्चिम राजमार्गको चौबिस कोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
अनमोल फिड्सका कार्यकारी निर्देशक कँडेलले रूङ्गटा र रावलले तनाव दिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।