May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

अब १ सय किलो सुन नेपाल राष्ट्र बैंकको जिम्मामा

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:५६
अब १ सय किलो सुन नेपाल राष्ट्र बैंकको जिम्मामा
  • सय किलो सुन तौलिन बिहीबार नै नेपाल राष्ट्र बैंकको टक्सार विभाग पुर्याइयो
  • अन्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भइसकेको १६० वटा ‘ब्रेक शु’ बरामद
  • ‘ब्रेक शु’सहित जोख्दा १५५ किलो
  • अहिलेसम्म सुनको गुणस्तर परीक्षण र तौल लिने प्रक्रिया सुरु नभएको

काठमाडौं ।।

राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १ सय किलो सुन तौलिन बिहीबार नै नेपाल राष्ट्र बैंकको टक्सार विभाग पुर्याइएको छ ।विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भइसकेको १६० वटा ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसमध्ये अधिकांशमा सुन रहेको मानिएको छ ।

‘ब्रेक शु’सहित जोख्दा १५५ किलो छ । सुन मात्र कति छ भन्ने यकिन गर्ने क्रम चलिरहेको छ । कस्तो हुन्छ यो प्रक्रिया ? कति समय लाग्छ ? राष्ट्रबैकको टक्सार विभागका अनुसार सो सुनको वास्तविक तौल आउन अझै कम्तीमा एक साता लाग्नेछ ।

टक्सार विभागका प्रमुख थानेश्वर आचार्यका अनुसार राजस्व अनुसन्धान विभागले ल्याएको सुन जस्तो पोका आएको थियो, जोखेर सुरक्षित रुपमा राखिएको छ । भन्छन्, ‘अहिलेसम्म सुनको गुणस्तर परीक्षण र तौल दिने प्रक्रिया सुरु भएको छैन ।’

सुनको गुणस्तर परीक्षण गर्ने

र वास्तविक तौल दिने प्रक्रिया अघि बढाइदिन भनेर राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकलाई औपचारिक पत्र लेख्नुपर्ने उनले बताए । ‘अहिले यो राजस्व अनुसन्धानको सम्पत्ति हो, हामी कस्टोडियन (संरक्षक) मात्रै भयौं, उसले अनुरोध गरेपछि मात्रै थप प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।

राजस्व अनुसन्धानले पत्र लेखेपछि विभिन्न सरकारी निकायका प्रतिनिधि राखेर सुन गाल्ने प्रक्रिया सुरु हुन्छ । त्यसका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभाग, मुद्रा व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण विभागका प्रतिनिधि तथा राजस्व अनुसन्धान विभागको समेत प्रतिनिधिको रोहबरमा सो सुन भनिएको वस्तु खोल्ने र गाल्ने प्रक्रिया अघि बढ्ने उनले बताए ।

त्यो सुन भनिएको पदार्थमा जोडिएका अन्य वस्तु हटाएर गालेपछि साँचोमा ढालेर ढिक्का ढिक्का बनाएर राखिन्छ । टक्सार विभागसँग एक पटकमा १० केजी गाल्नसक्ने क्षमाता छ । दिनको २-३ सिफ्ट काम गर्ने हो भने पनि सुन गाल्ने र त्यसलाई साँचोमा हालेर निश्चित आकारमा ढाल्न २-३ दिन लाग्छ ।

‘त्यही क्रममा सुनको नमुना लिन्छौं । राष्ट्रबैंकको टक्सार विभागको ल्याबमा सुनको शुद्धता जाँचिन्छ,’ उनले भने, ‘सुनको शुद्धता जाँचिसकेपछि मात्रै त्यो सुन हो कि होइन, र हो भने कस्तो गुणस्तरको सुन हो भन्ने कुरा थाहा हुन्छ ।’ ९९ दशमलव ९९ प्रतिशत सुन फेला प¥यो भने त्यसलाई शुद्ध सुन मानिन्छ ।

यति प्रक्रिया सुरु गर्न नै एक साता लाग्ने उनले बताए । त्यसरी सुन भएको प्रमाणित भइसकेपछि अन्तर्राष्ट्रिय बजार मूल्यको ५-६ प्रतिशत कममा राजस्व अनुसन्धान विभागसँग राष्ट्र बैंकले नै खरिद गरिदिने उनले बताए । ‘राष्ट्र बैंकले सुन खरिद गरी सरकारलाई हामीले पैसा भुक्तानी गर्छाैं,’ उनले भने ।

खरिद गरेको सुन ९९ दशमलव ९९ प्रतिशत रहेछ भने टक्सार विभागले असर्फी नै निकाल्छ र सर्वसाधारणलाई बेचिन्छ । त्यसभन्दा कम तौलको रहेछ भने चाहिँ राष्ट्र बैंककै भण्डारणमा रहन्छ । टक्सार विभागका प्रमुख आचार्यले भने, ‘भविष्यमा कुनै अवस्था पर्यो  भने राष्ट्र बैंकले त्यसलाई बिक्री गर्न पनि सक्छ ।’

 

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट