May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

सरकारको खुट्टा तान्ने होइन सबै मिलेर सहयोग गर्नुपर्छ : माधव नेपाल

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० ११:५७
सरकारको खुट्टा तान्ने होइन सबै मिलेर सहयोग गर्नुपर्छ : माधव नेपाल
  • दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त भएको छैन 
  • राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्यो 
  • त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ
  • उहाँलाई दबाब दिंदै उत्प्रेरित पनि गर्नुपर्छ 

 काठमाडौं ।।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन् । अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको धारणा छ । जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ ।’

सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए । अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन ।’ एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा जी उहाँहरु यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं । यो सरकारको खुट्टा तान्न चाहँदैनौं । यो सरकारलाई हामी असहयोग गर्न चाहँदैनौं ।’

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।