May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

गिद्धा स्कूलमा आसमान नेपालको ४१ प्रकारको प्राविधिक समाग्री सहयोग

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० 0९:२२
गिद्धा स्कूलमा आसमान नेपालको ४१ प्रकारको प्राविधिक समाग्री सहयोग

जनकपुरधाम । धनुषा जिल्लाको चर्चित समुदायिक विद्यालय रहेको गिद्धा बेलापट्टि स्कूलमा प्राविधिक शैक्षिक समाग्री सहयोग गरिएको छ ।

समाजिक एवम् शिक्षा क्षेत्रमा निरन्तर कार्यरत आसमान नेपालको सिकाई परियोजना अन्तर्गत एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई “स्टीम” अर्थात साईन्स, टेक्नोलोजी, ईन्जिनीयरिँग, आर्ट र म्याथ सम्बन्धी प्राविधिक उपकरणहरु सहयोग गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच विज्ञान, टेक्नोलोजी, ईन्जिनियरिग, कला र गणित संग सम्बन्धित उपकरणहरु जनता नमुना प्राविधिक माध्यमिक विद्यायय गिद्धाबेलापट्टीलाई हस्तान्तरण गरिएको हो ।

विदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डलले एक औपचारीक कार्यक्रम विच उक्त विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डललाई सो समाग्री हस्तान्तरण गरेका हुन ।

उक्त सामग्रीहरुमा ४१ किसिमका उपकरणहरु रहेको आसमान नेपालका विजय साहले जानकारी दिए ।

“अब यस विद्यालयमा STEAM LAB संचालनमा आउछ । विद्यार्थीहरु कक्षाकोठामा अध्ययनको क्रममा कुनै किसिमको प्रोजेक्ट बनाउनु LAB मा भएको औजारहरुको माध्यमले विद्यार्थीहरुको सिकाईलाई ठोस धारणामा परिणत गर्न यसले ठुलो मदत पुग्दछ ।  प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा आसमान नेपाल द्धारा संचालित सिकाइ परियोजना अन्तगरगत यो क्रियाकलाप संचालन गरिएको छ । ” उनले भने ।

त्यसको साथ, उक्त सामग्रीहरुलाई कसरी प्रयोग गर्ने त्यस सम्बन्धमा कक्षा ६ देखि कक्षा १० कक्षाका २० जना ( विज्ञान, गणित तथा कम्पुटर )  शिक्षकहरुको लागि  २ दिने कार्याशाला समेत आयोजना गरी प्रत्येक सामग्रीहरुको प्रयोग गर्ने तरिका बारेमा जानकारी गराइएको हो ।

ल्याबमा विद्यार्थीहरुलाई कसरी सहभागी गराउने त्यसबारेमा स्थालगत अभ्यास गराउँदै प्रविधिको पहुँच र उपकरण प्रयोगबारे जानकारी प्रदान गरिएको हो ।

यसका साथै स्टिम क्लब गठन गरी उक्त क्लबका बालबालिकाहरुलाई कक्षा ६ देखि १० सम्मका १५ जना (६ जना छात्र र ९ जना छात्रा) लाई २ दिने कार्याशाला (२ देखि ३ मेई २०२३) आयोजना गरि उक्त सामग्रीहरुको बारेमा अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणको क्रममा उपलब्ध गराएका सामग्रीहरुको बारेमा जानकारी गराइ अभ्यास पनि गरेर देखाइयो । साथै शिक्षक तथा प्रशिक्षकको उपस्थितीमा अभ्यास गर्न लगाइएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।