April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ

राजदेवी मन्दिरमा आज एकै दिन झण्डै २० हजार बलि

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १३:४४
राजदेवी मन्दिरमा आज एकै दिन झण्डै २० हजार बलि

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका १५ ढोढनास्थित पञ्चावती राजदेवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा यहाँ बोका र परेवाको बलि चढाइन्छ ।

यो वर्ष करिब १८ देखि २० हजार बोकाको बलि दिइने मेला आयोजक समितिको अनुमान छ ।

शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाइरहँदा सोही दिनमै हजारौं पशुपन्छीको बलि दिइएको भन्दै टिप्पणीसमेत हुने गरेको छ ।

राजदेवी मातालाई भाकल गर्दा सन्तान प्राप्ति हुने, रोगबाट मुक्ति मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । सोही विश्वासका साथ आजको दिन बली चढाइन्छ । बोका र परेवाको बली दिनेको संख्या वर्षेनी बढ्दै गएको स्थानीय बताउँछन् ।

लहान बजारदेखि मन्दिर करिब सात किलोमिटर उत्तरमा पर्छ । यो क्षेत्रमा अहिले जताततै भीड देख्न सकिन्छ । अत्यधिक भीडकै कारण लहान बजारदेखि मन्दिर पुग्न घण्टौं लाग्छ । सडक व्यवस्थापनमा सयौं ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यका श्रद्धालुहरू मेला भर्न र बलि चढाउन आएका छन् ।

मन्दिर क्षेत्र १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ । पहिले जङ्गलको बीचमा मन्दिर थियो । तर, अहिले जंगल फडानी भइसकेको छ ।

‘पहिले चारैतिर जंगल हुंदा गर्मीमा पनि समस्या हुँदैन्थ्यो,’ स्थानीय विजय चौधरीले भने, ‘तर अहिले छहारी पनि छैन । मेला भर्न आउनेको संख्या पनि बढ्दै गएको छ । त्यसैले श्रद्धालु समस्यामा पर्छन् ।’

उक्त मन्दिरमा बलि चढाउने परम्पराको सुरूवात सयौं वर्ष अगाडि भएको स्थानीय बताउँछन् । त्यहाँ पहिले मन्दिर थिएन । गाउँलेहरू गोठाला जान्थे । तर, दिनहुँ गाईवस्तु हराउन थालेपछि दिलाराम भट्ट नामका धामीले पूजापाठ गरे । उनले राति सपनामा राजदेवी माता देखे र माताले नै बलि चढाउन भनेपछि पहिलोपटक बलि चढाएको र वस्तुभाउ हराउने समस्याबाट मुक्ति पाएको बुढापाकाहरू बताउँछन् ।

उनै धामी भट्टका परिवारका सदस्य अहिलेसम्म मन्दिरका पूजारी छन् । मन्दिर बनेपछि भाकल गर्नेको संख्या वर्षेनी बढ्दै अहिले हरेक लाख बढीले दर्शन गर्न पुग्छन् । भाकल पूरा भएपछि पनि लड्डू चढाउने र बलि दिने गर्छन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।