April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

जेष्ठनागरिकलाई भत्ता लिन सास्ती

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० 0८:0९
जेष्ठनागरिकलाई भत्ता लिन सास्ती

 

सर्लाही । लालबन्दी नगरपालिकाका जेष्ठनागरिकले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ। भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्नु परेको भन्दै कतिपय जेष्ठनागरिकले गुनासो गर्नुभएको छ।

लालबन्दी नगरपालिका–१६, परवानीपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैङ्कको शाखामा आएर लाइन बसेको बताउनुभयो। भत्ता बुझ्नका लागि बस्नेतससहित परवानीपुरका छ जना वृद्धा टेप्पु चढेर बिहान ८ बजे नै लालबन्दी आइपुग्नुभएको भेटिनुभयो। बैङ्क खुलेपछि पनि झरीमा भिज्दै बैङ्कमा लाइन बस्नेहरूको ठूलो भीड देखिन्थ्यो।

जेष्ठनागरिकले प्रत्येक पटक भत्ता निकासा हुँदा घामपानी नभनी यसैगरी लाइनमा बसेर भत्ता बुझ्दै आएका छन्। त्यसरी लाइनमा बस्दा जेष्ठनागरिक थप बिरामी नै पर्ने अवस्था छ। शिवमायासँगै भत्ता बुझ्न आउनुभएकी ७४ वर्षीया सावित्रा कार्कीले वृद्धभत्ता कटौती हुने हल्ला सुनेर पनि आफूहरू हतारहतार भत्ता बुझ्न आएको बताउनुभयो। “हामी प्रायः यसैगरी लाइनमै बसेर भत्ता बुझ्छौँ, अहिले त झन् भत्ता दिँदैन अरे भन्ने सुनेर सबै जना हतारहतारमा आएका हौँ,” उहाँले भन्नुभयो, “अलि सहज रूपमा भत्ता पाउन पाए हुन्थ्यो, यसरी घण्टौँ लाइनमा बस्दा हामी बूढाबूढीलाई धेरै गाह्रो हुन्छ।”

लालबन्दी नगरपालिका–१६ का वडा सचिव विष्णु गौतमले रकम निकासा हुनासाथ बैङ्कमा एकैसाथ सबै जेष्ठनागरिक पुग्दा समस्या हुने गरेको बताउनुभयो। धेरै भीड हुन थालेपछि जेष्ठनागरिकलाई उभिन गाह्रो पर्ने र बैङ्कलाई पनि सेवा दिन अप्ठ्यारो परेपछि बैङ्कको आग्रहमा वडा कार्यालयबाटै एक दिनमा ५० जनालाई मात्रै टोकन दिएर पठाउने गरिएको वडा सचिव गौतमले बताउनुभयो।

“वडाबाटै भत्ता बाँड्न सरकारले स्वीकृत दिँदैन्, त्यसका लागि बैङ्कसमेत तयार छैन्,” गौतमले भन्नुभयो, “भत्ता खातामा हालेपछि हामीले साबिकको वडाअनुसार दैनिक ५० वटा टोकन बाँड्छौँ तर तुरुन्त पैसा निकाल्न भन्दै एकै पटक सबै जना पुग्दा यस्तो समस्या भएको हो।” अब भत्ता नै काटौती गर्न लागेको छ भन्ने गलत हल्ला फिँजाइदिँदा खातामा जम्मा भएको पैसा निकाली हालौ भन्नेहरूको भीड लागेको उहाँको भनाइ छ।

वडा नं. १६ को वडा कार्यालयले इच्छुक जेष्ठनागरिकबट मञ्जुरीपत्र लिएर उहाँहरूको छोरा÷बुहारीलगायत परिवारका अन्य सदस्यले समेत भत्ता बुझ्ने व्यवस्था मिलाइएको जनाएको छ। लालबन्दी नगरपालिकाले १७ वटा वडाको लालबन्दी बजार क्षेत्रमा रहेका १४ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट भत्ता बाँड्दै आएको छ।

सिद्धार्थ बैङ्कमा वडा नं. १५, १६ र १७ गरी तीनवटा वडाको भत्ता पठाउँदा धेरै नै भीड भएपछि यो किस्तादेखि वडा नं. १७ रानीगञ्जको सामाजिक सुरक्षा भत्ता कुमारी बैङ्कबाट बाँड्न थालिएको लालबन्दी नगरपालिका पञ्जीकरण शाखाकी प्रमुख सुस्मिता गौतमले बताउनुभयो। लालबन्दी नगरपालिकाको दुर्गम भेगमा पर्ने वडा नं. १४ नारायण खोला र वडा नं. १५ परवानीपुरको माथिल्लो भेगका बासिन्दाले घण्टौँ धाएर लालबन्दी बजारसम्म आउनुपर्ने र त्यहीँमाथि लाइनमा बस्नुपर्दा सामाजिक सुरक्षा भत्ता लिन गाह्रो भइरहेको गुनासो गरेका छन्।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।