May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गयाे

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० 0८:0९
हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गयाे

नयाँदिल्ली । मणिपुरमा भड्किएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ ।

५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शव गृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरु चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरू इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ ।

यसबाहेक इम्फाल पश्चिमको लाम्फेलस्थित क्षेत्रीय चिकित्सा विज्ञान संस्थानले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थिति नियन्त्रण गर्न सेना र असम राइफलका करिब १० हजार सिपाही राज्यमा तैनाथ गरिएका छन् ।

पीटीआईका अनुसार दुई समुदाय बीचको हिंसात्मक झडपमा धेरै व्यक्तिको मृत्यु भएको हुन सक्ने जनाइएको छ, सयभन्दा बढी घाइते हुन पुगेका छन् । यद्यपि प्रहरी भने यो कुरा पुष्टि गर्न तयार छैन ।

गोली लागेर घाइते भएका धेरैको रिम्स र जवाहरलाल नेहरु चिकित्सा विज्ञान प्रतिष्ठानमा पनि उपचार भइरहेको छ । हिंसा नियन्त्रण गर्न सेना, र्‍यापिड एक्शन फोर्स र केन्द्रीय प्रहरी बलको थप फौज मणिपुर पठाइएको छ।

मणिपुर नरसंहारमा मृत्यु हुनेको संख्या ५४ पुगेको अधिकारीहरूले बताए पनि अनौपचारिक स्रोतहरूले यो संख्या धेरै हुने सक्ने जनाएका छन् । त्यहाँको इन्टरनेट काटिएका कारण जारी हिंसामा के कतिको ज्यान गयो, त्यसको स्वतन्त्र पुष्टि भने अझै हुन सकेको छैन ।

साथै, जारी हिंसालाई नियन्त्रण गर्नका लागि थप सेना, र्‍यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको बलियो सुरक्षा उपस्थितिले सबै प्रमुख क्षेत्र र सडकहरूलाई भने नियन्त्रणमा लिइएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।