April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

‘लम्पी स्किन’ बाट करिब एक हजार पशु मरे

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:२१
‘लम्पी स्किन’ बाट करिब एक हजार पशु मरे

सिमकोट ।  पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९७० पशु मरेको पाइएको छ।

भेटनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले हालसम्म ९ हजार ९८८ पशुमा यो रोग देखिएकोमा ९७० पशुवस्तु मरेको जानकारी दिए।

उनका अनुसार जिल्लाका सातवटै गाउँपालिकाका पशुमा यो रोग लागेको छ।

मर्ने पशुमा गाई-गोरु, घोडा, जुमा, झोपा, गधा र खच्चड रहेका छन्।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार नाम्खा गाउँपालिकामा ११३, सिमकोट गाउँपालिकामा १६९, खार्पुनाथ गाउँपालिकामा २००, सर्केगार्डमा ४२७, चङ्खेली गाउँपालिकामा ३२, अदानचचुुली गाउँपालिकामा १४ र ताँजाकोट गाउँपालिकामा १५ पशु मरेका छन्।

लम्पी स्किन रोग लागेका पशुहरूको उपचार भने सबै गाउँपालिकामा गरिएको थियो।

सिमकोट र नाम्खा गाउँपालिकाका पशुहरूको भ्याक्सिनेसन भइरहेको छ भने अन्य पाँचवटा गाउँपालिकाले भ्याक्सिन खरिद नगरेको कारण पशुलाई भ्याक्सिन लगाउने कार्य हालसम्म हुन सकेको छैन।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।