काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू रक्षामन्त्री भएदेखि हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको बताएका छन्।
रक्षामन्त्री खड्काले सोमबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
उनले आफूलाई मुछेर विभिन्न सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिदसम्बन्धी समाचार आइरहेको भन्दै आपत्ति जनाएका हुन्।
ट्वीटरमा रक्षामन्त्री खड्काले लेखेका छन्, ‘केही दिनदेखि मेराे नामसमेत जाेडेर केही सञ्चारमाध्यममा नेपाली सेनाकाे हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ। म रक्षामन्त्री भएदेखि रक्षामन्त्रालयबाट हतियार खरिदसम्बन्धि कुनै निर्णय नभएकाे कुरा सबैमा प्रष्ट पार्न चाहन्छु।’