May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सारुक निधनले मलाई नै अचम्मित तुल्याएको छ : नम्रता श्रेष्ठ

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १४:२१
सारुक निधनले मलाई नै अचम्मित तुल्याएको छ : नम्रता श्रेष्ठ
  • नायक सारुक ताम्राकारको निधन नभएर आत्महत्याको शंका 
  • सारुकको निधन भएपछि नम्रता श्रेष्ठको नाम जोडियो 
  • नम्रता सारुकको निधन भएको ५२ दिनसम्म पनि चुप बसिन्
  • आइतबार स्टाटस लेख्दै श्रद्धाञ्जली व्यक्त गरिन् 

काठमाडौं ।।
फिल्म ‘ह्यासट्याग माया’को छायांकनका क्रममा निधन भएका नायक सारुक ताम्राकारले न्याय पाउनुपर्ने माग अझै पनि उठिरहेको छ । सारुकको निधन नभएर उनलाई आत्महत्या गर्न वाध्य बनाइएको हो भन्ने खालका तर्कहरु पनि सुनिएका छन् ।

सारुकको निधन भएपछि उनीसँगै फिल्ममा काम गरिरहेकी नायिका नम्रता श्रेष्ठको नाम अगाडि आएको थियो । विशेषगरि, ‘कालो बोका र बुटी’को कुराले नम्रताको नाम अगाडि आएको थियो । तर, नम्रता सारुकको निधन भएको ५२ दिनसम्म पनि चुप थिइन् । उनले, कलाकार सानु ताम्राकारको पनि निधन भएपछि आइतबार स्टाटस लेख्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

उनै, नम्रताले सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस हेर्दै आफ्नो मौनतालाई कमजोर नसोच्न चेतावनी दिएकी छिन् । नम्रताले पहिले नै आफूले यो बिषयमा भनाई सार्वजनिक गर्न चाहेको तर परिवारले प्रहरी अनुसन्धानमा असर पर्ने काम नगर्न भनेपछि मौन रहेको उनको भनाई छ ।

उनले, सारुकले न्याय पाउनुपर्ने पनि तर्क गरेकी छिन् । सारुकको निधन प्रकरणमा आफ्नो नाम जोडेर झुटो प्रचार गरिएको भन्दै नम्रताले झूटको खेती गर्ने व्यक्तिहरूलाई सत्यको बाटो हिँड्न आग्रह समेत गरेकी छिन् ।

‘कालो बोका र बुटी’को विषयमा उठेको प्रश्नमा नम्रताले अहिलेको २१ औं शताब्दीमा यस्ता कुरामा कसैले विश्वास नगर्ने पनि उल्लेख गरेकी छिन् । साथै, उनले प्रहरीले बोलाएको समयमा पुगेर आफूले बयान दिइसकेको समेत स्पष्ट पारेकी छिन् ।नम्रताले आफू बिरामी भएर परिवारको रेखदेखमा रहेको र प्रहरीले बोलाएको समयमा पुगेर आफ्नो भनाई स्पष्ट राखेको पनि बताएकी छिन् ।

कतिपय मिडियामा नम्रता भागेर क्यानडा नै पुगिसकेको खबर समेत सार्वजनिक भएको थियो । तर, नम्रताले आफू कही कतै नगएको र परिवारको रेखदेखमा रहेको बताएकी छिन् । उनले, प्रशासनलाई अनुसन्धानमा बाधा हुने काम कसैले पनि नगर्न आग्रह समेत गरेकी छिन् । नम्रताले सारुक एक मिलनसार व्यक्ति भएको भन्दै उनको निधनले आफूहरूलाई अचम्मित तुल्याएको समेत लेखेकी छिन् ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।