April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

‘साइनिङ मनि’ लिन्छन् कर्मचारीले : देवेन्द्र दाहाल

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:0२
‘साइनिङ मनि’ लिन्छन् कर्मचारीले : देवेन्द्र दाहाल

२६ वैशाख, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे सरकारको प्रतिबद्धता माग गरेका छन् ।

राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिए । ‘कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदा रहेछ । यसमा नेताहरु पनि मुछिन्छन् होला’ उनले भने ।

हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उनको टिप्पणी छ । ‘‘कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उनी थप्छन्, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’

यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे ।
बजेटले दलाल पुँजीपतिलाई हेर्छ कि गरिबलाई हेर्छ भनेर प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।