sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धितोपत्र बोर्डका अध्यक्ष लगानीकर्ता डुबाउने खेलमा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:४९
धितोपत्र बोर्डका अध्यक्ष लगानीकर्ता डुबाउने खेलमा

काठमाडौं । नेपालको पुँजी बजारमा जुनसुकै कम्पनीको सेयर आए पनि धेरै लगानीकर्ताले आवेदन दिने र सो सेयर बजारबाट उठ्ने सम्भावना अधिक हुने देखिएको छ । बजारको यो चरित्र मनन् गर्दै कमजोर कम्पनीहरूको सेयर बजारमा ल्याएर जनताको लगानी डुबाउने खेलमा धितोपत्र बोर्ड र यसका अध्यक्ष रमेश हमाल पनि ‘मतियार’ का रुपमा देखिएका छन् ।

धितोपत्र निस्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा संशोधन गरेर बजारमा आफ्नो पेशा वा उद्योगबाट नाफा नभएका कम्पनीलाई पनि नाफामा देखाएर साना लगानीकर्ताको पुँजीमा खेलवाड गर्ने कार्य सुरु भएको छ ।

यो विषय बुझ्नका लागि एउटा उदाहरण मनन् गरौं । मान्नुस् कुनै एक कम्पनीले १०० वटा बसहरू चलाउँछ र बस पार्किङ्गका लागि उसले जग्गा किनेको रहेछ । व्यापारमा समस्या आउँदै जाँदा बस संचालन गर्दा वर्षमा १० करोड घाटा हुन थालेछ ।

अब, सो कम्पनीले आफूलाई पब्लिक लिमिटेड बनाउन चाह्यो भने पहिलेको नियमअनुसार त्यो सम्भव थिएन किनकि जग्गाको पुनर्मूल्यांकन हुँदैन थियो, खरिद गरेकै मूल्यमा कम्पनीको वित्तीय मूल्यांकन हुन्थ्यो । तर अहिलेको संशोधनले त्यो सम्भव बनाईदिएको छ ।
अब उसले आजको मूल्यमा उसको पार्किङ्गको जग्गाको पुनर्मूल्याकंन गर्न पाउने भयो । यसले गर्दा जुन मुख्य व्यवसाय हो त्यसमा घाटा हुँदा पनि कम्पनी नाफामा देखिन सक्यो ।

सर्वसाधारण जनताले त्यो कम्पनीको सेयर किन्दा बस सञ्चालनमा घाटा छ भन्ने थाहै नपाउने भए । जग्गाको मूल्यले सधैं कम्पनीको वृद्धि र अरु खर्च त धान्दैन र अन्ततः त्यो कम्पनी डुबेर जाने खतरा हुन्छ । त्यो कुरा थाहा पाउन्जेल सञ्चालकहरू आफ्नो लगानी उठाइसकेका हुन्छन्, र जनता नराम्ररी ठगिन पुग्छन् ।

सेयर बजारका विज्ञ डा. गोपालप्रसाद भट्ट घरजग्गालाई आधार बनाएर नेटवर्थ पोजेटिभ बनाउने नीतिले साधारण लगानीकर्तालाई जोखिमको भार बढाउने बताउँछन् । भट्टका अनुसार नेपाल वित्तीय सूचना मानक (नेपाल फाइनान्सिएल रिपोर्टिङ स्ट्यान्डर्ड)मा बोर्डले नेटवर्थ गणना परिवर्तन गर्दा त्यसलाई खुलाएर देखाउनुपर्ने हुन्छ ।

“बोर्डको नीतिले व्यवसायको आधारमा घाटामा रहेका कम्पनीलाई जग्गाको मूल्यांकनले मात्र नेटवर्थ बढाएर आईपीओ जारी गर्ने बाटो खुलेको देखियो,” भट्टले भने, “नियम रातारात परिवर्तन गर्नुपर्ने थिएन, अब आईपीओ भर्दा नै लगानीकर्ता सचेत हुनुपर्ने अवस्था आएको छ ।”

बोर्डका एक अधिकारीका अनुसार आईपीओ निस्कासनमा अहिले नियमको निकै दुरुपयोग भएको छ ।

“सेयर बजारमा वास्तविक क्षेत्रका राम्रो नाफा गरेका कम्पनी भित्र्याउन ल्याइएको नीतिको दुरुपयोग गरिएको छ,” बोर्डका एक पूर्वअध्यक्षले भने, “अहिले नै बोर्डले दुईवटा कम्पनीको आईपीओ निस्कासनमा नियमको दुरुपयोग गरेको छ ।”

बोर्ड अध्यक्ष रमेश हमालले गरेको निर्णयमा बोर्डका धेरै कर्मचारीहरु सहमत छैनन् । स्रोतका अनुसार बोर्ड अध्यक्ष रमेश हमालले जबरजस्ती घाटाका कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिनको लागि यस्तो व्यवस्था गरेका हुन् ।

यो संशोधित निर्देशिकाले कसरी जनतामा असर पर्छ भनेर हामीले अनुगमन ग¥यौं । सगरमाथा ब्रान्डको सिमेन्ट उत्पादन गर्ने घोराही सिमेन्टले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारण लगानीकर्ताका लागि निस्कासन गर्दैछ ।

यो कम्पनीको बुक भ्यालु निकाल्दा कति बढाई–चढाई गरियो भन्ने विवादसम्म पुग्नै पर्दैन । केवल अहिलेको बुक भ्यालुलाई आधार मान्दै सेयर कतिमा बिक्री गर्न चाहेको छ त्यो हेरौं । उसले सय रुपैयाँको आफ्नो सेयर प्रिमियमसहित रु. ४३५मा बेच्न तयारी गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid