May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पाथिभरा क्षेत्रमा बेपत्ता भएका झापाका पराजुली मृत फेला ताप्लेजुङ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० २२:३२
पाथिभरा क्षेत्रमा बेपत्ता भएका झापाका पराजुली मृत फेला ताप्लेजुङ

गणेश कुमार श्रेष्ठ ।। ताप्लेजुङ्ग । ।

पाथिभरा दर्शनका लागि जाने क्रममा गत शुक्रबार बेपत्ता भएका अर्जुनधारा झापाका लोक प्रसाद पराजुली माथिल्लो फेदी भन्दा माथिको जंगलमा मृत अवस्थामा फेला परेका छन् । ६० वर्षिय पराजुली आज विहान सो स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार गत शुक्रवार माथिल्लो फेदीबाट मन्दिर जाँदै गर्दा बीचबाटोमा पिसाब फेर्न भन्दै जंगलतिर गएका पराजुली सोही समयदेखि बेपत्ता भएका थिए । भरियासँगै गएका पराजुली लामो समयसम्म पनि नफर्किए पछि आफन्त र प्रहरीलाई खवर गरिएको थियो ।

निजका आफन्त, प्रहरी र स्थानियको टोलीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको र कानुनी प्रकृया पुरा गरी शब सदरमुकाम ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापाबाट श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित पाथिभरा माताको दर्शन गर्न आउनु भएको जनाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० २२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।