May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

बैंकबाट करिब पाँच अर्ब बढी शिवशिखरले लिएको खुलासा

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० ११:४२
बैंकबाट करिब पाँच अर्ब बढी शिवशिखरले लिएको खुलासा
  • शिवशिखरले ६ वटा बैंकबाट करिब पाँच अर्ब ऋण लिएको प्रमाणित
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान

काठमाडौं ।।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६ वटा बैंकबाट करिब पाँच अर्ब ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार हिमालयन, नेपाल एसबीआई, नबिल, प्रभु, माछापुच्छ्रे र तत्कालीन मेगा बैंकबाट पाँच अर्बको हाराहारीमा ऋण लिएको पाइएको हो । अहिले मेगा बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रूपान्तरण भइसकेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बयानका क्रममा यी बैंकबाट सहकारीमार्फत ऋण लिएको बताएका हुन् । अहिले यो विषय अध्ययनको क्रममा रहेको र थप विवरण बैंकबाट झिकाउन नेपाल राष्ट्र बैंकलाई पत्र लेखिएको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले बताए । “अहिले कुन बैंकबाट कति ऋण लिएको छ भनेर भन्ने अवस्था छैन । हामीले विवरण झिकाउन राष्ट्र बैंकलाई पत्राचार गरिसकेका छौँ,” थापाले भने, “अभियुक्तले भनेकै आधारमा विवरण दिन मिल्दैन झुटो पनि हुन सक्छ । केही समय पर्खौँ । त्यसको काम राष्ट्र बैंकले गरिरहेको छ ।”

शर्माले बचतकर्ता र बैंकको ऋणसमेत जोखिममा पारेपछि उनीमाथि अनुसन्धान भइरहेको छ । सर्वसाधारणको ठूलो रकम जोखिममा पर्ने खतरा बढेपछि सीआईबीले बैंकसँग विवरण मागेको थापाले बताए । “चार-पाँच अर्ब भनेको सानो पैसा हैन । बचतकर्तालाई डुबाउनुका साथै बैंकलाई पनि यो सहकारीका सञ्चालकले डुबाउने खतरा देखियो,” उनले भने, “धितो राखेर वा कसरी बैंकहरूले ऋण दिएका छन्, हामीले त्यो अध्ययन गरिरहेका छौँ ।”

बैंकबाट आएको विवरण हेरेपछि कुन बैंकले कसरी ऋण दिएको छ, त्यो खुल्ने पनि उनले बताए । बैंकले शर्मासँग मिलेर धितो नलिएर ऋण दिएको फेला परे ऋण स्वीकृत गर्ने अधिकारीदेखि बैंकका सीईओमाथि पनि अनुसन्धान हुने बताइएको छ । शिवशिखरका सञ्चालकहरू गीता शर्मा, पुष्कर मल्ल र अमिस राजभण्डारीलाई पनि सीआईबीले पक्राउ गरिसकेको छ ।

त्यस्तै, पक्राउ परेका निवर्तमान अध्यक्ष शर्माले मोरङमा तुलसी बहुमुखी सहकारी संस्था पनि खोलेर कारोबार गरेका थिए । दुई सहकारीको नामबाट १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ ठगी गरेको आरोपमा असार ११ गते शर्मा पक्राउ गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बचतकर्ताको बचत दुरुपयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कार्यमा उनी संलग्न भएका हुन् ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका एक लाख ६८ हजार ७२५ जना निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार रुपैयाँ फिर्ता नगरेको भनेर ब्युरोमा उजुरी दिएका थिए ।

त्यस्तै, मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ जना निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९९ रुपैयाँ जम्मा गरेका थिए । उक्त रकम पनि हिनामिना गरेको प्ररम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

शर्माले उनकी श्रीमती गीताको नाममा नौवटा कम्पनी खोलेका छन् भने आफ्नो नाममा २१ वटा कम्पनी खोलेका छन् । त्यस्तै, शिवशिखरले लगानी गरेका ४३ कम्पनीमध्ये बाँकीमा पनि शर्माको पनि सेयर स्वामित्व रहेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट