काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई टेकु लगिएको छ । उनलाई बिहान निवासबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका खाँणलाई आजै म्याद थप गरेर अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।