April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:0८
झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ ।

आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका १० वटा उडान अहिलेसम्म हुन सकेका छैनन् । यति एअरलाइन्को एउटा उडान रद्द भएको छ । बिहान मौसम खुलेको समयमा पोखराबाट पाँच वटा जहाज काठमाण्डौ आएका थिए भने पोखरामा चार वटा मात्रै अवतरण भए ।

यस्तै काठमाण्डौबाट भरतपुरका लागि तय भएको एउटा उडान सम्पन्न भएको छ भने बुद्ध एअरका दुई वटा उडान रद्द भएका छन् । तुम्लिङटारको उडान–अवतरण पनि ठप्प छ । अरू विमानस्थलमा पनि उडानमा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको भीड लागेको छ । विशेष गरेर पोखरा र काठमाण्डौको विमानस्थलमा यात्रुको भीड रहेको र व्यवस्थापन गर्न समस्या भएको एअरलाइन्सले जनाएका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।