July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

खेलकुदमन्त्री लिम्बु : स्काउट राष्ट्र विकासको मूलधार बन्नसक्छ

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १३:४१
खेलकुदमन्त्री लिम्बु : स्काउट राष्ट्र विकासको मूलधार बन्नसक्छ

काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल स्काउटका संरक्षकसमेत रहेका मन्त्री लिम्बुले ‘एक घर- एक स्काउट’को अवधारणा अनुसार अघि बढदा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पारे ।

नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने स्मरण गराए । मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले भने, ‘नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ । एक घरः एक स्काउटको अवधारणा आईसकेकै अवस्था छ । र, अहिले हामीसँग युवाहरुलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यामको रुपमा यो स्काउटलाई हामी उपयोग गर्न सक्छौं । एउटा घरमा हामीले एउटा स्काउट जन्माउँदै गर्दाखेरी एउटा अनुशासित युवा, त्यहाँबाट प्रशिक्षित भएर आउँदैगर्दा निश्चयनै राष्ट्रप्रति जवाफदेही पूर्ण ढंगले अगाडि बढने, राष्ट्रपति जिम्मेवारीबोध गर्ने युवाहरु हामीले उत्पादन गर्न सक्छौं भन्ने मलाई लाग्दछ ।

कार्यक्रममा मन्त्री लिम्बुलाई नेपाल स्काउटको संरक्षकको रुपमा दीक्षित गरिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्