May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने भएकोले समर्थन गर्‍यौं : ओली

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १५:५८
मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने भएकोले समर्थन गर्‍यौं : ओली
  • प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरियो 
  • मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने भएकोले समर्थन गर्न बाध्य 
  • एमालेका सांसदको समेत समर्थनमा केदार कार्की मुख्यमन्त्री भए

प्युठान ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन ।प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताए ।

आफूहरु जोसुकैलाई समर्थन गरेर भए पनि कोशीलाई मध्यावधिबाट जोगाउने पक्षमा रहेको सुनाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘देशको आर्थिक अवस्था नाजुक छ, मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर मध्यावधि जोगाउन कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौं ।’कोशी प्रदेशमा नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका छन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।