May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

आज र भोलि नै वर्षाको सम्भावना

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १३:५५
आज र भोलि नै वर्षाको सम्भावना

काठमाडौं । देशका केही पहाडी भूभागमा आज वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ । काठमाडौंमा अहिले छिटपुट वर्षा हुन थालेको छ । महाशाखाका मौसमविद् सन्जीव अधिकारीका अनुसार क्षणिक वर्षा हुनेछ ।

“एकदमै क्षणिक वर्षा हुन्छ । काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “आज बिहान पनि मकवानपुरमा वर्षा भएको थियो ।” देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताए ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित ‘मोखा’ हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । त्यसले नेपालमा खासै असर नगर्ने मौसमविद् अधिकारीको भनाइ छ । “पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै वर्षा गराउने हो,” उनले भने, “मोखाले धेरै पानी गराउने अवस्था छैन ।

बंगलाको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिने र त्यसले यहाँको प्रणाली थप मजबुत बनाउने उनले बताए । “आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ,” उनले भने, “बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिँदा पश्चिमी र स्थानीय वायुलाई थप सशक्त बनाउँदा वर्षाको सम्भावना बढी देखिन्छ ।”

भोलिको तुलनामा पर्सि वर्षाको सम्भावना कम रहेको उनले बताए । उनका अनुसार पर्सि पहाडी भूभागमा भने वर्षाको थोरै सम्भावना छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट